चौधौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पन्जाव किङ्सलाई हराएको छ । आइतबार राति भएको खेलमा दिल्लीले पन्जावलाई ६ विकेटले पराजित गरेको हो ।
मुम्बईस्थित वान्खेडे स्टेडियममा पन्जावले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभर खेल्दा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले भने पृथ्वी शले ३२ रन जोडे ।
पन्जाबका झे रिचार्डसनले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभर खेल्दा चार विकेटको क्षतिमा एक सय ९५ रन बनाएको थियो ।
पन्ञ्जावका मयांक अग्रवालले ६९ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान लोकेश राहुलले ६१ अर्धशतकीय इनिङ्स खेले । दीपक होडाले अविजित २२ रन बनाउँदा शाहरुख खानले अविजित रहँदै १५ रन जोडे ।
बलिङतर्फ दिल्लीका क्रिस वोक्स, लुकम्यान मेरिवाला, अभेस खान र कागिसो राबडाले १–१ विकेट लिए ।
जितसँगै तीन खेलमा चार अङ्क जोड्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ । पन्जावसँग भने तीन खेलमा दुई अङ्क छ । ऊ सातौँ स्थानमा छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |