काठमाडौँमा जारी अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा आज नेपाल र मलेसियाले प्रतिस्पर्धा गर्दै छन् । कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।
यसअघि नेपालले नेदरल्याड्सलाई ९ विकेटले पराजित गर्दै सानदार जित हासिल गरेको थियो । अब, नेपाल आजको खेलमा लगातार दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रने छ । वरीयता क्रममा १५औँ नम्बरमा रहेको नेपालले ३१औँ स्थानमा रहेको मलेसियासँग आजको खेल खेल्दैछ ।
मलेसियासँगको खेलमा नेपालको प्रदर्शन अहिलेसम्म बलियो नै सावित भएको छ । आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै आजको खेल पनि हात पार्ने दाउमा छ ।
आइतबारको खेलमा भने नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको थियो । मलेयिसा भने पहिलो जित निकाल्ने दाउमा छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |