जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुण्डले शानदार जित दर्ता गराएको छ । आइतबार राति भएको खेलमा डर्टमुन्डले वेर्डरमाथि ४–१ गोलको जित दर्ता गराएको हो ।
डर्टमुन्डको मैदानमा घरेलु टोलीलाई जिताउन इयर्लिङ हालान्डले दुई गोल गर्दा जियोभानी रेना र माट्स हुमेल्सले समान एक–एक गोल गरे । वेर्डरका मिलट रशिकाले एक गोल गरे ।
१४औँ मिनेटमा रशिकाले गोल गरेपछि वेर्डरले सुरुआती अग्रता बनाएको थियो । रेनाले २९औँ मिनेटमा गोल गर्दै डर्टमुन्डलाई बराबरीमा फर्काए ।
३४आँै मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै डर्टमुन्डलाई अग्रता दिलाए । त्यसको चार मिनेट नबित्दै हालान्डले दोस्रो गोल गर्दै पहिलो हाफमा डर्टमुन्डको अग्रता ३–१ गोलको बनाए ।
८७औँ मिनेटमा हुमेल्सले गोल गरेपछि डर्टमुन्ड ४–१ गोलले विजयी भयो ।
जितसँगै पाँचौँ स्थानको डर्टमुन्डले २९ खेलमा ४९ अङ्क जोडेको छ । वेर्डर भने ३० अङ्कसहित १३औँ स्थानमा छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |