समसामयिक राजनैतिक विषयमा छलफल गर्न भनेर बोलाइएको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (मङ्गलबार) बस्दै छ ।
बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आए पनि हालसम्म यस सम्बन्धमा निर्णय भइसकेको छैन ।
प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सरकारको विषयमा निर्णय नगर्दा अन्योल भएको माओवादी नेताहरु बताउँछन् । यहि अन्योलताका बीचमा बस्न लागेको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय पनि लिन सक्ने स्रोतले बतायो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |