फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले एसटी इटेन्नीमाथि जित दर्ता गरेको छ । आइतबार भएको रोमाञ्चक खेलमा पिएसजीले इटेन्नीमाथि ३–२ गोलान्तरको जित निकालेको हो ।
पिएसजीको मैदानमा घरेलु टोलीको जितमा किलियन एम्बाप्पेले दुई गोल गरे भने माउरो इकार्डीले एक गोल गरे । इटेन्नीका डेनिस बौन्गा र रोमन हामौमाले समान एक–एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७७औँ मिनेटमा बौन्गाले गोल गर्दै इटेन्नीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै एम्बाप्पेले गोल गर्दै पिएसजीलाई खेलमा फर्काए ।
८७औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । इन्ज्युरी समयमा हामौमाले गोल गरेपछि इटेन्नी बराबरीमा फर्कियो ।
त्यसको तीन मिनेटपछि इकार्डीले गोल गरेपछि पिएसजी ३–२ गोलले विजयी भयो ।
जितसँगै दोस्रो स्थानको पिएसजीले ३३ खेलमा ६९ अङ्क जोडेको छ । इटेन्नी भने ३९ अङ्कका साथ १४औँ स्थानमा छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |