काठमाडौं उपत्यकामा अहिले पानी परिरहेको छ। विगत केहि दिन यता हावाहुरी चलेपनि पानी परेको थिएन। आइतबार साँझ भने पानी परेको हो।
मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ र बाकी भू-भागको मौसम आँशिक बदली रहेको जनाएको छ।
२०७८ बैशाख ५ गते (आइतबार)
रातीस् देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आँशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
२०७८ बैशाख ६ गते (सोमबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
२०७८ बैशाख ७ गते (मंगलबार)
दिउँसो : देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जनरचट्टयाङ्गरहावाहुरीरअसिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राती : देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी र असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी
देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन र चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |