• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र १४, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    २ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र १४, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

शिलान्यास नहुँदै पाथीभरा क्षेत्रमा केवलकार सञ्चालन विवादमा ,९० हजार रोपनीको जग्गा किन ९० लाखमा किनियो ?

होमपेज / समाचार
  • २६८ पटक पढिएको


  • २०७८ बैशाख ५, आईतबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • धार्मिक पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार सञ्चालन गर्ने परियोजना शिलान्यास नहुँदै विवादमा तानिएको छ । पाथीभराको तल्लो फेदीमा केवलकारको ‘बेस स्टेशन’ बनाउन किनिएको जग्गा असामान्य मूल्यमा खरीद भएपछि विवादमा तानिएको हो ।

    केवलकार सञ्चालनका लागि फुङलिङ नगरपालिका-११ को काफ्ले पाटीमा ३० हजार रुपैयाँ रोपनी न्यूनतम मूल्य तोकिएको र त्यहाँको हालको बजारमूल्य ९० हजार रुपैयाँ पर्ने जग्गा ९० लाख रुपैयाँप्रति रोपनीका दरले खरीद गरेको भेटिएको हो ।

    पाथीभरादेवी दर्शर्न केवलकार प्रालि नामक कम्पनीलाई पुष्पबहादुर बरुवाल र सुरेन्द्रकुमार गुरुङले सो मूल्यमा २९ रोपनी जग्गा बिक्री गरेको मालपोत कार्यालय ताप्लेजुङले उपलब्ध गराएको विवरणमा उल्लेख छ । अनलाइनखबरले सूचनाको हक प्रयोग गरेर आवेदन दिएपछि कार्यालयले ३० चैत २०७७ मा सो विवरण उपलब्ध गराएको हो ।

    मालपोत कार्यालय, ताप्लेजुङका अनुसार २९ रोपनी जग्गा कारोबार गर्दा २ करोड ३४ लाख ७७ हजार रुपैयाँ राजस्व तिरिएको छ । जसमा पूँजीगत लाभकर १ करोड ३० लाख ३७ हजार र रजिष्ट्रेशन दस्तुरबापत १ करोड ४ लाख ४० हजार रुपैयाँ बुझाइएको छ । ताप्लेजुङ जिल्लामा यस वर्ष एउटै कारोबारमा भएको यो सबैभन्दा धेरै राजस्व संकलन हो ।

    पाथीभरादेवी दर्शन केवलकार प्रालिलाई जग्गा बिक्री गर्ने बरुवाल पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष हुन् । यती होल्डिङ्सको लगानी रहेको प्रालिमा बरुवालसहित स्थानीय ईश्वरी पौडेललगायतको लगानी छ । यसरी हेर्दा बरुवालको दोहोरो स्वार्थ देखिन्छ । महँगो मूल्यमा जग्गा बिक्री गर्ने बरुवाल जग्गा किन्ने कम्पनीको सञ्चालक र सरकारले गठन गरेको पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष पनि हुन् । उनी केपी शर्मा ओली निकट हुन् । झापा घर भएका बरुवाल काठमाडौंमा बस्छन् ।

    जग्गा बिक्रेता बरुवालले आफू कम्पनीको ‘सेयर होल्डर’ भएको स्वीकार गरेनन् । तर पाथीभरादेवी दर्शन केवलकार प्रालिका डाइरेक्टर ईश्वरी पौडेलले बरुवाल पनि लगानीकर्ता रहेको बताए । ‘अहिले सबै काम उहाँले (पुष्पबहादुर बरुवाल) नै हेर्नुहुन्छ, म बाहिर आएको छु ।’ बरुवाल सो कम्पनीको शेयर होल्डर भए/नभएको बुझ्न हामीले कम्पनी रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्‍यौं । कम्पनीका ६ जना शेयर धनीमध्ये बरुवाल पनि एक रहेको कम्पनी रजिष्ट्रार कार्यालयको विवरणमा देखिन्छ ।

    बरुवाल राज्यलाई कर तिर्छु भन्दा पाउनुपर्ने बताउँछन् । ‘राजस्व बढी भयो भन्ने कुरा बाहिर आएको छ’ उनले भने, ‘राज्यलाई कर तिर्छु भन्दा नपाउने पनि हुन्छ र ?’

    पाथीभरा देवी केवलकार दर्शन प्रालिका अध्यक्ष सोनाम शेर्पा छन् । उनी यती होल्डिङ्सका तत्कालीन मालिक स्वर्गीय आङछिरिङ शेर्पाका दाजु हुन् । आङछिरिङको तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीसँगै हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

    फुङलिङ नगरपालिका वडा नम्बर ८ का वडा सदस्य समेत रहेका स्थानीय युवा जंग सुनारका अनुसार काफ्ले पाटीमा सो समूहले जग्गा खरीद गर्नुभन्दा पहिले ९० हजारदेखि एक लाखसम्म प्रति रोपनी जग्गा पाइन्थ्यो । तर, सो समूहले ९४ हजार रुपैयाँ प्रतिरोपनी खरीद गरेर ९० लाख रुपैयाँ प्रतिरोपनी मूल्य कायम गरी पाथीभरा देवी दर्शन केवलकारका प्रालिको नाममा जग्गा नामसारी गरेको हो । ‘केवलकार कम्पनीको नाममा ९० लाख रुपैयाँ देखाएर नामसारी गरे’ उनी भन्छन्, ‘यहाँ चलखेल छ, केवलकारको नाममा स्थानीयहरू फेरि ठगिंदैछन् ।’

    केवलकार सञ्चालनका लागि ताप्लेजुङवासीको सहयोग रहेको बताउँदै उनले परियोजना महँगो देखाउँदै भोलि सार्वजनिक निष्काशनमा जाने शेयरको मूल्य निर्धारणमा चलखेल गर्न खोजेको हुनसक्ने बताए ।

    बढी मूल्यांकन राखेर जग्गा पास गरेपछि भविष्यमा बैंकले यसमा ठूलो ऋण दिनसक्छ । मालपोतको कागजातको मूल्यका आधारमा लगानी गर्दा भोलि बैंक पनि ठगिन सक्ने उनको भनाइ छ ।

    उनले भने ‘केवलकारको नाममा ९० लाख रोपनीको भारी भोलि सर्वसाधारणलाई बोकाउँछन्, जग्गाको मुनाफा माफियाले लिन्छन् ।’ ‘पाथीभरामा केवलकार बन्नुपर्छ’ उनले भने, ‘तर सीमित व्यक्तिले मुनाफा लिने गरी मात्र होइन सबै जनताको अपनत्व हुने गरी यो काम हुनुपर्छ ।’

    मालपोत कार्यालय ताप्लेजुङका प्रमुख लेखा पनेरु महतका अनुसार जग्गा कारोबारको रकम चलनचल्तीको दररेट भन्दा धेरै माथि छ । तर, कानूनी रूपमा प्रक्रिया पूरा गरेर नै जग्गा नामसारी भएको उनले बताइन् । पनेरुले भनिन्, ‘म क्वारेन्टाइन बसेका बेला निमित्त दिएका कर्मचारीले जग्गा पास गरिदिएछन्, केन्द्रमा बझ्दा मिल्छ भन्ने जानकारी आयो ।’

    ‘न्यूनतम मूल्यभन्दा कममा कारोबार गर्न मिल्दैन तर अधिकतम जति मूल्य राखे पनि कारोबार गर्न मिल्ने कानूनी व्यवस्था छ’ उनले भनिन्, ‘राज्यलाई कर तिर्छु भन्दा नपाउने भन्ने प्रश्न आएन, विभागले अनुमति दिएपछि नामसारी भयो ।’

    ‘यो अस्वाभाविक मूल्य हो भन्ने विषय मलाई पनि परेको हो’ उनले थपिन्, ‘तर प्रक्रिया पूरा भएको काम रोक्न मिलेन, राज्यलाई कर तिर्छु भन्दा दिनुपर्‍यो ।’

    महँगो मूल्यमा जग्गा खरीदबिक्री भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोगको इटहरी कार्यालयले फाइल अध्ययन गरिरहेको छ ।

    मालपोत कार्यालय प्रमुख पनेरु महतले यसको पुष्टि गरिन् । उनले भनिन्, ‘अख्तियारले कागजात मागेको थियो । मैले कागजात पठाइसकेकी छु ।’

    शिलान्यासको तयारी

    दुई दशक यता पाथीभरामा केवलकार सञ्चालन गर्ने चर्चा हुँदै आएको छ । तर, अब बल्ल आएर शिलान्यासको तयारी हुन थालेको छ । वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास गराउने कम्पनीको तयारी छ । डाइरेक्टर पौडेलले भने, ‘११ वैशाखमा शिलान्यासको मोटामोटी तयारी छ ।’

    कम्पनीलाई सरकारले केवलकार निर्माणका लागि ४.९७ हेक्टर जमीन दिने निर्णय गरिसकेको छ । प्रस्थानविन्दुमा संरचना बनाउन कम्पनीले जग्गा किनेको हो । पाथीभरा क्षेत्रको काफ्ले पाटीबाट मन्दिरसम्म २.७४ किलोमिटर दूरीमा केवलकार बन्नेछ । २ अर्ब ५५ करोड लागत अनुमान गरिएको केवलकार दुई वर्षमा निर्माण गर्ने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    २ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution