जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठकबारे आफूहरूलाई जानकारी नगराएको बताएका छन्।
प्रधानमन्त्री ओलीले जानकारी नगराएकाले बैठकमा सहभागी नभएको उनले बताएका छन्। आइतबार सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले आफूलाई बैठकबारे जानकारी नआएपछि चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन भनेर व्यङ्ग्यसमेत गरेका छन् ।
‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे ! मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन । जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी,ल.पु.मा सोध्दा कुनै जानकारी थिएन । पछि मिडियाबाटै सुनियो-MCCबैठक बहिष्कार पो भएछ !,’ डा. भट्टराईले ट्वीटरमा लेखेका छन्।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |