चितवनको कठार स्वास्थ्य चौकीले सुत्केरी महिलालाई पौष्टिक आहारका लागि नगद प्रदान गरेको छ ।
खैरहनी नगरपालिका-१० ले चालु आर्थिक वर्षका लागि सामाजिक विकासतर्फ ‘सुत्केरी महिलाहरुलाई पौष्टिक आहारका लागि अनुदान’ शिर्षकमा विनियोजित बजेटबाट यहाँका सुत्केरी महिलालाई रु एक हजारका दरले रकम प्रदान गरेको हो ।
गत साउनदेखि हालसम्म नेपाल सरकारद्वारा सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका महिलालाई रु एक हजारका दरले नगद अनुदान वितरण गरिएको कठार स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक नवीन नेपालले बताए ।
उनकाका अनुसार यो कार्यक्रम असार मसान्तसम्म चल्नेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |