पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधको व्यवहार देखाएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह तल्लो तहसम्म समानान्तर कमिटी निर्माण गर्नतिर लागेको छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विवाद आधारभूत तहसम्म पुगेकोबेला समानान्तर कमिटी गठन गर्ने कार्य पनि तल्लो तहसम्मै पुगेको छ ।
यसैबीच खनाल नेपाल समूहले काठमाडौँका दशवटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ । जिल्ला कमिटीको बैठकले क्षेत्रीय संयोजक तोकेको र सम्बन्धित कमिटीले पूर्णता दिनेछ ।
काठमाडौं जिल्ला कमिटीको बैठकले काठमाडौं–१ मा ओमकुमारी श्रेष्ठ, २ मा रुद्र चापागाईं, ३ मा विमल अर्याल, ४ मा ध्रुवराज न्यौपानेलाई संयोजकको जिम्मेवारी दिएको हो ।
यस्तै काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा आरके सेढाईं, ६ मा लक्ष्मण बिडारी, ७ मा सञ्जयराज शर्मा, ८ मा दीपक महर्जन, ९ मा ईश्वर बिडारी र १० मा बटुकृष्ण थापालाई संयोजक तोकिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |