भारतीय चर्चित साहित्यकार डा. नरेन्द्र कोहलीको कोरोना संक्रमणबाट निधन भएको छ ।
उनको ८१ वर्षको उमेरमा शनिबार साँझ निधन भएको हो ।
कोरोनाबाट संक्रमित भएपछि उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो ।
उनका चर्चित कृतिहरुमा न भूतो न भविष्यति, अभ्युदय, संघर्ष कि ओर, युद्ध, बन्धन, अधिकार और कर्म लगायत छन् ।
उनी सन् २०१७ मा भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्रीबाट सम्मान गरिएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |