५ बैशाख, काठमाडौं। व्यापक अनियमिमता भएको जनाउँदै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा विगत पाँच दिनदेखि गरेको तालाबन्दी अझै नखुल्दा सेवाग्राही मारमा परेका छन् ।
लामो समयदेखि नगरपालिकामा गरिएको तालाबन्दीका कारण सेवाग्राही मात्र नभई नगरक्षेत्रभित्रकै सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय चिन्तित बनेका हुन् । तालाबन्दीका कारण नगरपालिकाबाट सञ्चालित योजनाको काम प्रभावित हुनुका साथै काम विशेषले आउने सेवाग्राही रित्तै फर्किन बाध्य भएका छन् । नगरपालिकाका कार्यवाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले गत चैत ३१ गते नगरपालिकामा तालाबन्दी गरेका थिए ।
नगरसभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठकविनै आफ्नै मनोमानी तरिकाले परिवर्तन गरी कार्यवाहक नगरप्रमुख रोहिणी कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिलेमतोमा व्यापक अनियमितता भएकाले तालाबन्दी गरिएको वडाध्यक्षले बताएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |