परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने टप्पणी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका नेताहरु सहभागी नभएको सन्दर्भमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले माओवादी नहुँदा पनि देश चल्ने टिप्पणी गरेका हुन्।
उनले भने, ‘उहाँहरु किन आउनुभएन। किन यस्तो गैरजिम्मेवार हुनुभयो भन्ने कुरा उहाँहरुले जान्ने कुरा हो। उहाँहरुले थाहा पाउनुपर्छ, उहाँहरु नहुँदा पनि देश चाहीँ चल्छ।’
माओवादी केन्द्रले सर्वदलीय बैठकबारे थाहा नभएको बताएका थिए।
यस्तै कर्णाली प्रदेशमा सांसदहरुबाट भएका फ्लोर क्रसका सम्बन्धमा उनले भने, ‘संसदीय प्रणालीमा ह्वीप उल्लंघन र फ्लोर क्रस अक्षम्य कुरा हो। क्षम्य हुन सक्दैन।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |