• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र ९, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र ९, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

कोरोना भाइरस संक्रमण बालबालिका र युवामा तीव्र दरमा

होमपेज / Flash News
  • २०४ पटक पढिएको


  • २०७८ बैशाख ४, शनिबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • केही हप्ता अगाडि स्वास्थ्य मन्त्रालयले नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) लाई सिफारिस गर्‍यो।

    पछिल्लो समय विद्यार्थीमा बढ्दो कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शैक्षिक संस्था अनलाइनबाट सञ्चालन गर्न पटक पकट मन्त्रालयले अनुरोध गर्दै आएको थियो।

    तर, शिक्षा मन्त्रालयले शिक्षण संस्था बन्द गर्ने विषयमा अटेरी गर्दै बन्द गरिएका शिक्षण संस्था पुनः सञ्चालन गर्न शुक्रबार विज्ञप्ति समेत जारी गरेको थियो।

    यस्तै काठमाडौँ जिल्ला प्रशासन कार्यलयले संक्रमण देखिएका शिक्षण संस्था एक हप्ताका लागि बन्द गर्नु भन्दै शुक्रबार नै सूचना जरी गरेको थियो।

    तर शनिबार दिउँसो बसेको सीसीएमसीको बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रका शिक्षण संस्था बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। अहिलेको यो अवस्थामा शिक्षण संस्था बन्द गर्नतिर जोड गर्नुको मुख्य कारण बालबालिकामा संक्रमणको जोखिम उच्च रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारी बताउँछन्।

    ‘अहिले संक्रमण फैलिने ठाउँ विद्यालय देखिएको छ। तत्काल नै विद्यालय बन्द गरिएन भने अवस्था भयावह हुन सक्छ’, डा. अधिकारीले भने।

    मन्त्रालयले सर्बजनिक गर्दै आएको तथ्याङ्क हेर्ने हो भने पछिल्लो समय १९ वर्षसम्मका उमेर समूहमा संक्रमण बढ्दै गएको पाइएको छ।

    बालबालिकामा संक्रमण बढ्दो भएका कारण स्थिति भयावह भएर लकडाउन गर्नुपर्ने अवस्थासम्म नपुग्नका लागि विद्यालय तथा कलेज बन्द गर्ने सिफारिस गरिएको स्वास्थ्यमन्त्री हदयेश त्रिपाठीले बताउँदै आएका छन्।

    मन्त्री त्रिपाठीका अनुसार दोस्रो चरणको कोरोना भाइरसको संक्रमण फैलिन नदिन विद्यालयसहित अन्य सार्वजनिक क्षेत्र पनि बन्द तयारी गरिएको हो।

    यस्तै मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने शनिबार १९ वर्षसम्म उमेर समूहका ८९ जनामा संक्रमण पुष्टि भएको छ। देशभर ८ सय ४३ जना संक्रमित मध्ये ८९ जना १९ वर्षसम्मका उमेर समूहका भएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयको पछिल्लो ५ दिनको तथ्याङ्कमा उल्लेख गरिए अनुसार १९ बर्षसम्मको उमेर समूहका ३ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। विज्ञहरुका अनुसार यो संख्या बढ्दो छ।

    उनीहरुका अनुसार यो भन्दा अगाडि वृद्ध–वृद्धामा संक्रमण धेरै देखिएको थियो भने अहिले बालबालिका र युवाहरुमा संक्रमण धेरै देखिने गरेको छ।

    पछिल्लो समय उमेर पुगेका व्यक्तिहरु भन्दा पनि युवाहरु आईसियुमा धेरै भर्ना भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला बताउँछन्।

    ‘पहिलो लहरमा भेन्टिलेटर, आईसीयूमा वृद्ध अवस्थाका व्यक्तिलाई भर्ना गर्नु पर्ने अवस्था थियो। तर अहिले त्यो उमेरको भन्दा पनि युवालाई आइसीयूमा भर्ना गरिरहनु परेको छ। अहिलेको संक्रमण युवाहरुमा धेरै देखिएको छ’, उनले भने।

    यस्तै पछिल्लो समय सानो उमेर समुहमा संक्रमण देखिनुको मुख्य कारण सही तरिकाले जनस्वास्थ्यका मापदण्डको नगर्नु नै भएको संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन्।

    उनले भने, ‘स्कुल गएका बालबालिकाले मास्क लगाए पनि उनीहरु धेरै जनासँग धुलमिल हुन्छन्। ब्रेकमा सँगै बसेर एक अर्काको खाजा साटासाट गरेर खान्छन्।

    जसले गर्दा कोही संक्रमित छ भने अरुअरुमा सर्छ। संक्रमित एक जना मात्रै हुदैन। स्कुलमा संक्रमित भएको बच्चाले घरमा अभिभावकलाई समेत सार्छ। अभिभावकबाट अरुमा सर्छ। यसरी संक्रमणले ठूलो रुप लिँदै जान्छ।’

    बालबालिकालाई संक्रमणबाट जोगाउन शिक्षण संस्था बन्द गर्नु नै सबैभन्दा उत्तम उपाय रहेको डा. अधिकारी बताउँछन्।

    उनी भन्छन्, ‘बालबालिकालाई जति सिकाए पनि उनीहरु जनस्वास्थ्यका मापदण्ड सही तरिकाले प्रयोगमा ल्याउदैनन्।

    सक्दैनन् पनि। स्कुलमा दुरी कायम गरेर बस्न सम्भव पनि छैन। जसले गर्दा संक्रमण उनीहरुमा चाँडो फैलिने हुन्छ। संक्रमणबाट उनीहरुलाई जोगाउन ‘हट स्पट’का शिक्षण संस्थाहरु बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्नु उचित हुन्छ।’ तत्कालका लागि शिक्षा भन्दा स्वास्थ्य महत्वपूर्ण भएको डा. अधिकारीले बताए।

    यस्तै संक्रमण दर बढ्दै जाँदा सरकारले २५ जनाभन्दा बढी भेला हुने, सिनेमा हल, रेस्टुरेन्ट, रात्रि व्यवसाय, पार्टी प्यालेस, स्विमिङ पुल लगायत बन्द गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।

    पछिल्लो समय पार्टी प्यालेस, रेस्टुरेन्ट, क्लबहरुमा भीड देखिन थालेको छ भने शैक्षिक संस्थाहरुमा पनि विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भइरहेका छन्।

    यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ४५ हरेको छ।

    मन्त्रालयको तथ्याङ्क अनुसार शनिबारसम्म २ लाख ७५ हजार ३८ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।

    हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग

    मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं

    न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती

    क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा

    रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution