भारतीय राजधानी नयाँ दिल्लीमा ‘वीकेन्ड कर्फ्यू’का कारण जनजीवन प्रभावित बनेको छ।
चहलपहल ठप्प छ। विमानस्थल वा रेल्वे स्टेशनबाहेक अन्यत्र हिँड्नमा कडाइ गरिएको छ। मुख्यमन्त्री अरबिन्द केजरीवालले नियमहरुलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।
शुक्रबार राति १० बजेदेखि सुरु भएको कर्फ्यू सोमबार बिहान ५ बजेसम्म लागू रहने दिल्ली प्रशासनले जानकारी दिएको छ।
दिल्ली सरकारले कोरोना महामारीका कारण लागू गरिएको कर्फ्यूको पालना गर्न सर्वसाधारणसँग अपिल गरेको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |