बिस्का जात्राको आठौं दिन आज द्यःस्वगं बियगु (भगवानलाई सगुन चढाउने) बिहानदेखि शुरु भई राति करिब ९ बजेसम्म भक्तजनहरुको भीड लाग्ने गर्छ ।
आज दिनभर भक्तपुर नगरभित्र विभिन्न टोलहरुमा परिक्रमा गरेर पूजा गरी सगुन चढाउने चलन छ । सगुनको रुपमा अफ्नो गछ्य अनुसार नेवाः परम्परागत भोजमा हुने सम्पूर्ण खानेकुरालगायत आजभोलि बिस्कटु, चाउचाउ, चकलेटहरु पनि चढाउने गरिन्छ ।
भक्तजन केटीहरु नेवाः भेषभुषा हाकुपटासी (स्थानीय परम्परागत कालो फरिया)मा र केटाहारु दउरा सुरुवालमा नेवाः पोसाकमा सजिएका छन् । आज भक्तपुर नगरपालिकामा उहिलेको पुरानो भक्तपुरको याद दिलाउने गरी स्थानीहरु अत्यन्तै रोमान्चक परम्परगत भेषभुषामा सजिएर नगर परिक्रमा गर्नेहरुको भीड लागेको छ ।
त्यस्तै, जात्रा हेर्न आउने आन्तरिक पर्यटकहरुको पनि त्यतिकै घुइचो लागेको छ । आजको दिनलाई द्यःस्वगं बियगु (भगवानलाई सगुन चढाउने) भनिन्छ ।
हिजो विभिन्न देवीदेवताहरुलाई द्यःछे (मन्दिर)बाट बाहिर ल्याई पाटीमा राखिन्छ । आजको पुजाको लागि भने आजै राति फेरि बाजागाजा सहित द्यःछेंमा भित्र्याउने परम्परा छ ।
प्रत्येक वर्ष विस्का जात्राको क्रममा बैषाख ४ गते द्यःस्वगं बियगु जात्रा गर्ने परम्परा छ ।
भोलि बिस्का जात्राको अन्तिम दिन बैषाख ५ गते द्यःथाहाँ बिज्याइगु दिन बिहान बोलाछेंस्थित कुम्हःत्वमा चैत ३१ गते उठाइएको हात नभएको योसींःद्य ढाल्ने र साँझ भैलःख (रथ) तान्नेर बिस्का जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |