वन्यजन्तु संरक्षणका लागि आवाज उठाउँदै आएको वन विज्ञान अध्ययन संस्थान हेटौंडामा अध्ययनरत विद्यार्थीहरुले आज शनिबार हेटौंडामा प्रर्दशन गरेका छन् ।
वन्यजन्तु सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज शनिबार उनीहरुले हेटौंडामा विभिन्न प्लेकार्ड देखाउदै प्रर्दशन गरेका हुन् । हेटौंडामा भुस्याहा कुकुरको आक्रमणबाट शृंङखलाबद्ध रुपमा चित्तल र मृग मारिन थालेपछि विद्यार्थीहरुले आवाज उठाउदै आएका थिए ।
पटक–पटक विद्यार्थीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत बेवास्ता भएको भन्दै विद्यार्थीहरुले चिन्ता ब्यक्त गरेका थिए । विद्यार्थीहरुले वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने उदेश्यले वन्यजन्तु सप्ताह मनाइरहेका छन् ।
सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज शनिबार बिहान वन विज्ञान अध्ययन संस्थानदेखि बुद्धचोकसम्म विभिन्न सन्देशमुलक प्लेकार्डसहित प्रर्दशन गरेका हुन् । उनीहरुले आफ्नो अनुहारमा विभिन्न बन्यजन्तुको चित्र समेत बनाएका थिए ।
वन्यजन्तु संरक्षणमा सबै क्षेत्रको सहकार्यको अपेक्षा रहेको बताउँदै मानिसमा सकारात्मक सोचको वृद्धि गर्दै संरक्षणमा टेवा पु¥याउने उदेश्यले कार्यक्रम गरिएको वन विज्ञान अध्ययन संस्थान हेटौंडामा अध्ययनरत विद्यार्थी सुजन खतिवडाले बताए ।
सप्ताहब्यापी कार्यक्रममा अन्तक्र्रिया, वन्यजन्तु सम्बन्धी जानकारी फोटो प्रदर्शनी वन्यजन्तुको खानेपानी मुहान संरक्षण लगाएतका कार्यक्रम गरिने बताइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |