बैतडीको दोगडाकेदार गाउँपालिकामा एक मामाले आफ्नै भान्जाको हत्या गरेका छन् ।
अन्दाजी १८ वर्षीय नारायण भुलले दोगडाकेदार गाउँपालिका–३ सिल्लेगाडाका अन्दाजी १५ वर्षीय महेस भुलको टाउकोमा घनले हिर्काएर आज हत्या गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायण प्रशाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार नारायण भुल देहिमाण्डौका हुन् । नारायण भुललाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ, भने थप अनुसन्धान भइरहेको भइरहेको प्रहरीले बताएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |