४ बैशाख, काठमाडौं। जुम्ला — तातोपानी गाउँपालिका–७ ताम्तीस्थित जनजागृति माध्यमिक विद्यालयका २६ विद्यार्थी ज्वरोले थला परेका छन् । विद्यालयमा वार्षिक परीक्षा चलिरहेको बेला विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।
विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्नेलगायत लक्षण देखिएको प्रधानाध्यापक जनक रावतले बताए । उनका अनुसार विद्यार्थी धमाधम बिरामी परेपछि परीक्षा प्रभावित भएको छ । विद्यार्थी बिरामी भएपछि स्थानीयवासी त्रसित बनेको तातोपानी गाउँपालिका–७ का वडाध्यक्ष मक्करबहादुर रावतले बताए । उनका अनुसार विरामीको उपचारका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |