काठमाडौं उपत्यकामा अहिले मेघगर्जन सहित बर्षा भइरहेको छ। लामो समयपछि उपत्यकामा पानी परेको हो।
उपत्यकाका केहि क्षेत्रमा चट्याङ समेत परेको छ।
मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा हावाहुरी तथा चट्याङसहित असिनापानीको सम्भावना रहेको उल्लेख गर्दै सचेत रहन आग्रह गरेको छ।
शुक्रबार अपरान्ह सामाजिक सञ्जालमार्फत महाशाखाले ‘हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ को पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको पूर्वी जिल्लाहरुमा मेघ गर्जन, चट्टयाङ, हावाहुरी, असिनासहित वर्षा गराउने बादल विकसित भैरहेकोले सतर्कता अपनाउन’ अनुरोध गरेको छ।
हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ को पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको पूर्वी जिल्लाहरुमा मेघ गर्जन, चट्टयाङ, हावाहुरी, असिना सहित वर्षा गराउने बादल विकासित भैरहेकोले सतर्कता अपनाउन हुने अनुरोध छ । pic.twitter.com/goJ0vFuEaG
— Nepal Weather Forecast (@DHM_Weather) April 16, 2021
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |