नेकपा (एमाले) का नेता माधव कुमार नेपालले आज नयाँ वर्ष २०७८ भएकोले आज कसैलाई गाली गर्नु वा कुभलो चितउन नहुने धारणा राखेका छन्।
उनले केपी ओली को हो ? आफूलाई माफी दिने भन्दै कडा टिप्पणीसमेत गरेका छन्।
उनले भनेका छन्-“उहाँ को हो मलाई माफी दिने ? उहाँको माफी पनि चाहिएको छैन् । उहाँले ईतिहासबाट माफी माग्नुपर्छ । म एउटा मान्यतामा विश्वास गर्छु । नबिराउनु, नडराउनु । म त कहिल्यैपनि फायर खोल्न चाहन्नँ । मैले पार्टीको हितबाहेक अरु अहित चिताउने कुरै आउँदैन् । पार्टी र आन्दोलनलाई चलाउन प्रतिबद्ध छु।”
उनले एमालेलाई विभाजित गर्न खोज्नेहरुले विभाजित गरिसकेको पनि टिप्पणी गरे । उनले अध्यक्ष ओलीले विधानले व्यवस्था नगरेपनि मनपरी रुपमा केन्द्रीय सदस्य नियुक्त गरेको पनि आरोप लगाए ।
उनले ओलीले देखाएको नांगोनृत्यकोही सहेर नबस्ने पनि चेतावनी दिए । उनले एमाले कसैको निजी पेवा नभएको पनि स्पष्ट पारे । उनले एमालेको विउ रोप्ने काम आफूहरुले गरेको दाबी गरे ।
उनले आफूभन्दा १४ वर्षपछि ओली पोलिब्युरो बनेको भन्दै फूर्ती नलगाए हुन्छ भन्ने चेतावनी दिए।
उनले अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा आफूहरु सहभागी नहुने पनि स्पष्ट पारे । उनले फागुन २३ गते गरेको निर्णय फिर्ता लिनुपर्ने पनि अडान राखे।
अन्यथा ओलीसँग कुनै सहकार्य नहुने पनि उनको जिकिर छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |