स्थानीय बजारमा सुनको मुल्य तोलामा ७ सयले रुपैयाँले बढेको छ । बिहीबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भैरहेको छ । हिजो ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
हिजो १२ सय ९० रुपैयाँ कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |