३ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटारमा बोलाएर भलाकुसारी गरे । विहीबार दिनभरि ‘प्रेसर’ मा परेका ओलीले ठाकुरसँग भेटेर छलफल गर्नु उनको बाध्यता पनि हो ।
प्रधानमन्त्रीले जसपा अध्यक्ष ठाकुरलाई यस्तो बेलामा बोलाएका थिए, जतिखेर गण्डकी प्रदेशमा एमाले सरकारविरुद्ध काँग्रेस, माओवादी र जसपाको गठबन्धन कस्सिएको थियो । यता काठमाडौँमै पनि आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको भित्री सूचना प्रधानमन्त्रीले नपाउने कुरै थिएन ।
प्रधानमन्त्री ओलीसँग अब आफ्नो सरकार जोगाउने एउटा मात्रै त्यान्द्रो बचेको छ, जसपालाई फकाउने । अझ भन्ने हो भने जसपाको महन्थ ठाकुर पक्ष (पूर्वराजा) लाई फकाउने ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |