नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शुक्रबारदेखि लागू हुने गरि शैक्षिक संस्था एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
बैठकले भारतबाट आउनेहरुको सीमा नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाई गर्ने निर्णय समेत गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |