तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते छन् ।
बुधबार मध्यराति नयाँ वर्षको दिन भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा५३प ६९३८ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकनजिक दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार धुलिखेल नगरपालिका-१० का ३२ वर्षीय महेश शाहको मृत्यु भएको हो ।
दुर्घटनामा सोही ठाउँ बस्ने चालक २२ वर्षीय महेन्द्र शाह घाइते छन् । उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ ।
मोटरसाइकल सडकको बायाँतर्फको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुबैले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । नयाँ वर्ष मनाउने क्रममा मदिरा सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |