विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस सङ्क्रमित एक जना महिलाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज (बिहीबार) बिहान ४ः३० बजेतिर ज्यान गएको हो । अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार मृतक महिला उपचारका लागि नोबेल अस्पताल पुगेकी थिइन् ।
पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई थप उपचारका लागि नोबेलले बुधबार दिउँसो कोसी कोभिड अस्पताल रेफर गरेको हो ।
भगतका अनुसार गम्भीर अवस्थामा दिउँसो ४ बजेतिर महिलालाई अस्पतालमा भर्ना गरेर उपचार थालिए पनि बचाउन सकिएन ।
उनले शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए ।
मृतक महिलाका श्रीमान पनि कोरोना सङ्क्रमित हुन् । परीक्षण रिपोर्ट पोजिटिभ आएका उनको पनि अहिले कोसी कोभिड–१९ उपचार केन्द्रमै उपचार जारी रहेको भगतले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |