पौडी खेल्न नहरमा गएका दुई बालकको डुबेर मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका – १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा इटहरी– ७ का १४ वर्षीय आयुष भुर्तेल र १७ वर्षीय सायल चौधरी छन् ।
मंगलबार बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा दुवै डुबेका थिए ।
स्थानीयले उद्दार गरी उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएका थिए । उपचारको क्रममा भुर्तेलको राती ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |