ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार कसैले ढलाउन नसक्ने बताएका छन् । मङ्गलबार प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले यस्तो बताएका हुन् ।
सरकार ढलाउन नसक्ने देखेपछि नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको बताउँदै उनले माओवादीले समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने अवस्था नभएको दाबी गरे ।
यस्तै वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै उनले भने, ‘यदी माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमालेले अन्य दलको समर्थन जुटाएर सरकार बनाउँछ ।’
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति तोकेको विषय निरकुङ्शतावादी हो या लोकतन्त्रवादी हो भनेर समयले बताउने उनले तर्क गरे । देशलाई निकास दिने पार्टी एमाले र नेता केपी ओलीमात्र भएको उनको जिकिर छ
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |