प्रधानमन्त्री केपी ओलीले भोलि (बुधबार) देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।
वैशाख बिहान ८ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नयाँ वर्षको शुभकामना तथा कोरोना रोकथाममा सरकारको तयारीबारे चर्चा गर्ने बताइएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |