३१ चैत, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-३ प्रगतिनगरका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि नारायणी अस्पतालमा भर्ना भएका उनको आज मंगलबार बिहान ८ः२० बजे मृत्यु भएको हो ।
एक महिनाअघि नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।श्वासप्रश्वासमा समस्यामा हुनुका साथै खोकी र ज्वरो देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।
बाराका एकजना कोरोना संक्रमितको पनि आजै बिहान ३ बजे नै वीरगञ्जस्थित नारायणी अस्पतालमै मृत्यु भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |