३१ चैत, काठमाडौं। एजेन्सी- चीनमा प्रविधिको तीव्र विकासका कारण मानिसहरुमा नगदको साटो बैंक कार्डबाट भुक्तानी गर्ने प्रचलन बढेको छ । मानिसहरु नगद सित्तिमित्ति बोक्दैनन् । त्यसले भिख मागेर गुजारा चलाउनेहरुलाई असर पार्यो ।
दान गर्नेहरुको गोजीमा नगद रकम नहुने भएका कारण भिखारीहरुले दान पाउन छाडे । त्यहीँ समस्यालाई समाधान गर्नका लागि चिनियाँ भिखारीहरुले भिख माग्नका लागि डिजिटल वालेटको प्रयोग गर्न थालेका छन् । जसका कारण दान गर्न चाहेका लागि खुद्रा पैसा गोजीमा नभएको बहाना बन्न नपाओस् ।
फाइनान्सियल एक्सप्रेसको एक रिपोर्टअनुसार चीनमा भिखारीहरु क्यूआर कोड भएको एक कागज हातमा लिएर सहरका पर्यटकीय स्थलदेखि शपिङ मल जस्ता ठाउँहरुमा उभिएका हुन्छन् । त्यस्ता ठाउँमा थुप्रै विदेशी पर्यटक तथा स्थानीय मानिसहरु समेत आउँदछन्, जसले भिखारीहरुलाई डिजिटल माध्यमबाट भिख दिने गरेका छन् ।
चीनका दुईवटा ठूला इवालेट कम्पनीहरुले भिखारीहरुलाई यस काममा सहयोग गरेका छन् । अलि पे र विच्याट वालेटले भिखारीहरुसँग सहकार्य गरेको बताइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |