विराटनगरमा जारी विराट गोल्ड कप फुटबल प्रतियोगितामा भारतको पञ्जाब पुलिस क्लब अन्तिम चारमा पुग्न सफल भएको छ ।
आइतवार भएको चौथो दिनको खेलमा काठमाडाैँको मच्छिन्द्र फुटबल क्लबलाई २-० ले पराजित गर्दै पंजाब पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेल शुरु भएको ३८ औं मिनेटमा पंजाब पुलिस क्लबका राजविर सिंहले पहिलो गोल गरी पंजाब पुलिस क्लबलाई अग्रता दिएका थिए । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा पंजाब पुलिस क्लबका मानविर सिंहले ८४ औं मिनेटमा दोश्रो गोल गरी जीत सुनिश्चित गरेका थिए ।
खेल अवधिभर मच्छिन्द्र फुटबल क्लबले दबाबमा राखेको भएपनि गोल गर्न भने सकेन । पंजाब पुलिस क्लबका क्यापटेन जगदिप सिंह म्यान अफ द म्याच भएर १० हजार नगद प्राप्त गरेका छन् । सोमवारको खेल नेपाल पुलिस र सशस्त्र प्रहरी बल बीच हुनेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |