इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसन्धानले पछिल्लो एक हप्ताका संक्रमितमध्ये ६० प्रतिशतमा कोरोनाको नयाँ स्वरुप युके भेरियन्ट पाइएको छ। बालबालिका र युवा बढी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
संक्रमित मध्ये भेन्टिलेटर र आइसीयुमा पुग्नेहरु २० देखी ४० बर्ष उमेर समुहका छन्
शुक्रराज अस्पातालमा हाल १८ जना आइसियुमा उपचाररत् छन् ।
भर्ना भएका अधिकांस २० देखि ४० बर्ष उमेर समुहका भएको अस्पतालले जनाएको ।
त्यसैगरी काठमाडौं उपत्यकामा १० प्रतिशत संक्रमित ११ देखि २० वर्ष उमेरका रहेको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
पोखरामा संक्रमित मध्ये ५० प्रतिशत बालबालिकामा कोरोनाको युके भेरियन्ट देखिएको छ भने काठमान्डौंमा १० वर्षमुनिका ६ प्रतिशत बालबालिकामा युके भेरियन्टको संक्रमण देखिएको तथ्यांक छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |