हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र तीर्थस्थल भारतको हरिद्वारमा तीर्थाटनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह समेत पुगेका छन् । उनी विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।तर भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी फैलिरहेका बेला महाकुम्भ मेलाको भीडभाडले झन् जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार महाकुम्भ भेलामा सहभागी कैयौं साधुसन्तमा कोरोना संक्रमण पुष्टि भएको छ । महाकुम्भ मेलामा नेपालबाट पूर्वराजा ज्ञानेन्द्रले समेत भव्य सम्मानका साथ सहभागिता जनाएका छन्, जुन मेलामा कोरोना रोकथामका स्वास्थ्य मापदण्डको उल्लंघन भइरहेको छ।
महाकुम्भ मेला अन्तर्गत सोमवार दोस्रो शाही स्नान भइरहेको छ। मेलाका स्थानीय अधिकारी दीपक रावतले ५० हजार व्यक्तिको कोरोना जाँच गर्दा कैयौं साधुमा कोरोना पोजेटिभ देखिएको जानकारी भारतीय सञ्चारमाध्यमलाई दिएका छन्।
कुम्भ मेलाका सहभागीले न मास्क लगाएका छन्, न भौतिक दूरी कायम गरेका छन् । कुम्भ मेलाका आईजी सञ्जय गुञ्ज्यालले कोरोना मापदण्डको पालना गराउन मुस्किल भइरहेको बताए । ‘धेरै भीड भएकाले मापदण्ड उल्लंघन गरेबापत पक्राउ गर्न सम्भव छैन,’ उनले भने, ‘प्रहरीले कडा रूपमा प्रस्तुत हुन खोजेपनि अवस्था झन् बिग्रिनसक्छ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |