प्रदेश २ का माओवादी केन्द्रका चार जना सांसद पदमुक्त भएका छन् । पार्टी परित्याग गरेकाले उनीहरुको पद खारेज गरिएको हो ।
माओवादी केन्द्रले कारबाही गरेका चारजना संसद पदमुक्त भएको सुचना आज बसेको प्रदेश सभा बैठकमा सुनाइएको छ ।
सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरको पद गएको छ ।
चारजना सांसद एमालेमा लागेपछि माओवादी केन्द्रले कारवाही गरेको थियो ।
सांसदले पार्टी छाडे पदमुक्त हुने कानूनी व्यवस्था छ ।
यसअघि माओवादीबाट सांसद बनेका चारजना संघीय सांसद र लुम्बिनी प्रदेशका दुई सांसद पनि पदमुक्त भएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |