नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४९६ कोरोनाका नयाँ संक्रमित थपिएको जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५ पीसीआर र एन्टिजेन परीक्षण भएका छन् ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८ जना संक्रमण मुक्त भएका छन्।
योसँगै देशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७४ हजार १६५ पुगेको छ।हाल क्वारेन्टाइनमा ८५ जना छन् भने आइसोलेसनमा एक ३३०६ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १५९, ललितपुरमा ४४, बाँकेमा ४१, रुपन्देहीमा २९, पर्सामा २५, दाङमा २४, कास्कीमा २३, कैलालीमा १४ र मोरङमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ।यसअघि आइतवार नेपालमा ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |