नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक शोकमा परेका छन। उनका माइला भाइ गोविन्दराज पौडेलको ७५ वर्षको उमेर आज चितवनको रत्ननगरस्थित आफ्नै निवासमा निधन भएको हो।
व्यास नगरपालिकाको २९ औं पदस्थापन दिवसको कार्यक्रममा प्रमुख अतिथि रहेका वरिष्ठ नेता पौडेल भाइको निधनको खबर पाएलगत्तै चितवन गएका छन्। उनले सामाजिक सञ्जालमार्फत भाइको निधनले आफु एक्लो भएको उल्लेख गरेका छन।
“नाताले भाइ भए पनि मेरो साथी जस्तै गरी सबै कुरामा साथ सहयोग पाउँदै आएको थिए । राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गर्दै आएका भाइको निधनबाट मैले आफूलाई एक्लोे महसुस गरेको छु”, नेता पौडेलले शोक सन्देशमा उल्लेख गरेका छन।
पौडेलको निधनप्रति नेपाली कांग्रेस तनहुँले दुःख व्यक्त गरेको छ। पार्टीका जिल्ला सभापति बैकुष्ठ न्यौपानेले असल अभिभावक गुमाउनुपर्दा पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन।
स्व पौडेलका श्रीमती बन्दना, छोरा अनिल तथा छोरीद्वय शान्ता हुमागाई र कान्ता हुमागाईं छन्।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |