३० चैत, काठमाडौं। भारतमा कोरोनाको दोस्रो लहर चलिरहेको हुदाँ नेपालमा पनि दैनिक जसो संक्रमितको संख्यमा वृद्धि भइरहेको छ । यो लहरमा फोक्सोलाई हानी पुर्याउने गतिमा पनि व्यापक वृद्धि भइरहेको छ ।
भारतीय मिडियाले विज्ञलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचार अनुसार दोस्रो लहर अर्थात् कोरोनाभाइरसको नयाँ स्ट्रेनले २–३ दिनमा नै फोक्सोलाई ५०–७० प्रतिशतसम्म संक्रमित गर्न सक्छ । जबकी पहिलो लहरमा यसमा करिब ७ दिनको समय लाग्थ्यो । यसैकारण दोस्रो लहरमा मृत्युको आँकडा पनि बढिरहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |