३० चैत, काठमाडौं । तनहुँ प्रहरीले कुटेर हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–५ घर भएका ५० वर्षीय आईतसिं गुरुङ छन् ।
आईतसिंले चैत २४ मा आँबुखैरेनी–५ स्थित मलडाँडा बस्ने १२ वर्षीय शिशिर गुरुङलाई कुटेर हत्या गरेका थिए । कडा बस्तुले संवेदनशिल अंगमा हिर्काएको चोटका कारण शिशिरको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।शव सदगद गरिसकेको सुराकको आधारमा प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |