३० चैत, काठमाडौँ । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा भएको ट्र्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
आइतबार साँझ ७ः३० बजे मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । पूर्वी चितवनको मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् ।
एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न सकेको छैन । थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना१त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई आमपानीस्थित चिउँडेखोलामा दुर्घटना भएको थियो । ट्र्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा सवार १९ जना घाइते भएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |