साउदी अरेबिया सरकारले शत्रुलाई सहयोग गरेको आरोपमा तीनजना सैनिकलाई मृत्युदण्डको सजाय दिएको छ ।
एम्नेस्टी इन्टरनेसनल लगायत मानव अधिकार समूहहरूले साउदीलाई यातना, अन्यायपूर्ण मुद्दा र मृत्युदण्डको सजाय रोक्न आग्रह गरिरहेका बेला यस्तो खबर आएको हो ।
रक्षा मन्त्रालयका अनुसार देशद्रोहको अभियोगमा विशेष अदालतले दोषी ठह¥याएपछि ती सैनिकहरूलाई मृत्युदण्ड दिइएको बताइएको छ ।
मृत्युदण्ड पाएका सैनिकहरु यमनको सिमानामा पर्ने दक्षिणी प्रान्तमा इरान समर्थित हुथी लडाकूहरुविरुद्ध छ वर्षदेखि युद्ध लड्दै आएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |