नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले देशी विदेशी प्रतिक्रियावादी मिलेर अप्राकृतिक र अनैतिक ढंगले पार्टी विभाजन गरेको बताएका छन।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा सम्बोधन गर्दै यस्तो बताएका हुन।
अध्यक्ष दाहालले प्रतिक्रियावादीले कम्युनिस्ट पार्टी विभाजन गरे पनि आफूहरुले कम्युनिस्टहरु बीचको एकताको झण्डा उठाइरहनु पर्ने उल्लेख गरे।
पार्टी विभाजनको जिम्मेवार आफूहरु नभएको बताउँदै उनले भने, ‘समाजवाद निर्माण गर्नका निम्ति विशाल कम्युनिष्ट समर्थक जनतालाई एकतावद्ध गर्न आवश्यक छ। अप्राकृतिक ढंगले विभाजित गरिएको पार्टी पुनर्मिलन गराउनु जरुरी छ।’
उनले पार्टी एकता गरे गल्ती गरेको र पार्टी एकता पनि आफूहरुले नटुटाएको बताए।
त्यसैगरि शनिबार नै काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार इतिहासकै विवेकहीन भएको टिप्प्णी गरे।
उनले दुई तिहाइ नेतृत्वको सरकार विकेकहीन हुनु बिडम्बना भएको बताए। अध्यक्ष प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले विचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको बताए।
उनले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउने बित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरिएको उनको भनाई थियो।
अध्यक्षले संसद पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक भएपनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तन विरोधीको रुपमा आएको बताए।
फेरि आन्दोलनमा जानुको विकल्प नभएको बताउँदै मजदुर, किसानलाई दुःख नदिइकन आन्दोलन गर्नुको विकल्प नभएको उनले उल्लेख गरे। उनले अब केही दिनमा नयाँ सरकार बन्छ भन्नेमा आफू विश्वस्त रहेको धारणा राखे।
यस्तै संघीय निजामती सेवा सम्बन्धी विधेयक राज्यव्यवस्था समितिबाट पास भएपनि प्रधानमन्त्री ओलीले रोकेर सदनबाट पास हुन नदिइ निकम्मा बनाएको उनको भनाई थियो।अध्यक्षले कर्मचारी समायोजन सम्बन्धी विधेयक लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने गरी समितिबाट पास भएको बताउदैअहिले त्यसलाई अघि बढ्न नदिइएको जानकारी दिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |