चर्चित अमेरिकन र्यापर ‘डिएमएक्स’ को निधन भएको छ । शुक्रबार हृदयघातका कारण उनको निधन भएको अन्तर्राष्ट्रिय मिडियामा उल्लेख छ ।
‘डिएमएक्स’ले सन् १९९० देखि आफ्नो करिअरको सुरुवात गरेका थिए । पहिलो एल्बम सन् १९९८ मा रिलिज गरे, जसले छुट्टै रेकर्ड बनाएको थियो । रिलिज भएको पहिलो सातामै उनको पहिलो एल्बमको दुई लाख ५१ हजार प्रति बिक्री भएको थियो ।
विभिन्न अवार्डले सम्मानित भएका ‘डिएमएक्स’का फ्यानहरु पनि उत्तिकै छन्
शुक्रबार उनका आफन्तले सामाजिक सञ्जालमार्फत् उनको निधन भएको खबर पुष्टि गरेका हुन् । सन् १९७० मा जन्मेका ‘डिएमएक्स’को निधन ५० वर्षको उमेरमा भएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |