२८ चैत, काठमान्डौ। गोर्खा ब्वाइज रुपेन्देहीलाई ट्राइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस विराटनगरमा जारी विराट गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै भारत क्वारटफाइनलमा प्रवेश गरेको हो ।
संघर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमको एक/एक गोलको बराबारी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको थियो ।ट्राइब्रेकरमा भारतको तर्फबाट सरबजीत सिंह, जितेन्द्र सिंह, बलजित सिंह र हरीदेव सिंहले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए ।
रुपन्देहीका शक्ति राई र गौरभ श्रेष्ठले मात्र गोल गरे । आशिष गुरूङ्गको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए भने अजित गुरूङ्गले गरेको प्रहार पोसमा लागेर बाहिरियो ।खेलको म्याद अफ द म्याच भारतको गोल रक्षक सतवीर सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो हाफदेखि आक्रमक भएको रुपेन्देहीले खेलको ८०औं मिनेटमा शक्ति राईले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । लुइस भिदलले निकालिदिएको शक्तिले सदुपयोग गरेका थिए ।दोस्रो हाफममा गोल भएपछि भारत दबाबमा परेको थियो । तर, रुपन्देहीका लागि अग्रताको त्यो खुसी लामो समयसम्म टिक्न सकेन ।
शनिबारको खेलमा विराटनगर महानगरपालिका-११ र युनाइटेड फुटबल क्बल पश्चिम बंगालबीच प्रतिस्पर्धा हुनेछ ।विराटनर-११ ले उद्घाटन खेलमा पाहुना टोली भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई २-१ गोलले हराएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |