स्कुले बालबालिकामा कोरोनाको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले अनलाइनबाटै पठनपाठन गराउन सिफारिस गरेको छ ।
बालबालिकालाई सङ्क्रमण हुने क्रम बढेपछि कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीलाई अनलाइनबाटै पठनपाठनको व्यवस्था गराउन सिफारिस गरिएको हो ।
नेपालमा अहिले स्कुले बालबालिका र १८ वर्षभन्दा कम उमेरकालाई सङ्क्रमण बढ्दै गएको पाइएको छ । यसअघि यो उमेर समूहमा सङ्क्रमणदर सात दशमलव ४ प्रतिशत रहेकोमा अहिले दोब्बरभन्दा बढीले बढेर १६ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
हिजो देशभरि तीन सय ३२ जनामा सङ्क्रमण भएको थियो । यसमा १८ वर्षभन्दा मुनिका ५१ जना छन् । यस्तै, स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिस गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |