न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतीयलाई न्यूजिल्याण्ड प्रवेशमा रोक लगाउनुभएको छ । भारतमा कोभिड–१९ संक्रमितको संख्या बढेसँगै न्यूजिल्याण्डले यस्तो निर्णय गरेको हो ।
न्यूजिल्याण्डमा २३ जना नयाँ कोरोना संक्रमित भेटिएकामध्ये १७ जना भारतबा गएका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार भारतबाट आउने यात्रीहरूको लागि अर्डर्नले अस्थायी प्रतिबन्ध लगाउनुभएको हो ।
यो नियम ११ अप्रिल साँझ ४ बजे देखि २८ अप्रिलसम्म लागू हुनेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |