अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट ५ जना मारिएका छन्।अमेरिकाको साउथ करोलिना रक हिलमा एकजना बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २ बालबालिकासहित ५ जनाको मृत्यु भएको योर्क काउन्टीका अधिकारीहरुले जानकारी दिएका छन्।
घटनामा अन्य ६ जना घाइते भएको जनाइएको छ। प्रहरीले शंकास्पद बन्धुकधारीलाई पक्राउ गरेको योर्क काउन्टीले जनाएको छ। तर, पक्राउ परेका व्यक्तिबारे भने प्रहरीले केही जानकारी दिएको छैन। र गोली किन प्रहार गरियो भन्ने विषयमा पनि जानकारी दिइएको छैन। अमेरिकामा यसप्रकारका घटनाहरु भइरहन्छन्।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |