लेखा अधिकृत र सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना, वाग्मती, हेटौंडा र मकवानपुरका लेखा अधिकृत देवीप्रसाद गौतम र सब–इन्जिनियर नेत्रप्रसाद लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।
अख्तियारका अनुसार गौतम र लामिछाने दुवैले सेवाग्राहीसँग उपभोक्ता समितिको धरौटी रकम फिर्ता गरेवापत ५० हजार घुस लिएको पुष्टि भएको छ । पुष्टि भएपछि उनीहरुमाथि मुद्दा दायर गरिएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |