बेल्जियन मिडफिल्डर केभिन डी ब्रुयनले म्यानचेस्टर सिटीसँग सम्झौता थपेका छन् । २९ वर्षीय डी ब्रयुन २०२५ सम्म इतिहादमा रहने सिटीले जानकारी दिएको छ ।
सन् २०१५ मा जर्मन क्लब वुल्फसबर्गबाट इङ्ग्ल्याण्ड आएका उनी र सिटीबीचको सम्झौता जुन २०२३ सम्मको थियो । तर उनले आफ्नो सम्झौता २०२५ सम्म लम्ब्याएका हुन् ।
उनले सिटीमा दुई सय ५५ खेल खेल्दा ६५ गोल र एक सय ५ असिस्ट गरेका छन् । दुई वटा प्रिमियर लिगको उपाधि जितिसकेका डी ब्रुयनले एक पटक जर्मन कपको ट्रफी उचालेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |