छिटो–छिटो सास फेर्नु वा सास फेर्न गाह्रो हुनुजस्ता स्वासप्रस्वासमा हुने असामान्य अनुभवलाई डिस्पनिया भनिन्छ ।सास फेर्नका लागि पर्याप्त वायु ग्रहण गर्न नसकेमा, उकुसमुकुस भएमा वा खुलेर सास फेर्न नसक्ने अवस्थालाई पनि डिस्पनिया भएको भनेर बुझ्न सकिन्छ । विज्ञहरूका अनुसार सास फेर्न गाह्रो हुने समस्या धेरैजसो कारण मुटु र फोक्सोको असामान्य अवस्थालाई मानिन्छ । कहिलेकाहीँ तीव्र व्यायाम गरेको बेला वा धेरै उचाइ, पातलो हावा भएको ठाउँमा जाँदा पनि अस्थायीरूपमा डिस्पनिया भएको हुनसक्छ ।
यो एक देखि दुई मिनेटका लागि रहन सक्छ वा डिस्पनिया दीर्घकालीन समस्यासमेत हुनसक्छ । सास लिने सामान्य शरीरको कार्यद्वारा शरीरलाई चाहिने अक्सिजन प्राप्त नभएमा डिस्पनिया हुन्छ । हृदयाघात, कम रक्तचाप, निमोनिया, पल्मोनरी एम्बोलिजम (फोक्सोमा रगत जमेमा), कार्बन मोनोअक्साइडको विषाक्तता भएमा, तनाव वा एन्जाइटीको कारण डिस्पनिया हुनसक्ने पल्मोनोरोलोजिस्टहरूको भनाइ छ ।
मुटुका कुनै पनि समस्या भएमा, मोटोपना, क्षयरोग, दम, सास मार्ग बन्द हुने फोक्सोको दीर्घ रोग, फोक्सोमा समस्या, गम्भीर एलर्जीका प्रतिक्रियाका कारण पनि डिस्पनिया हुनसक्छ । डिस्पनियाको उपचार समस्यामा निर्भर गर्ने हँुदा के कारणले भएको हो पत्ता लगाउन जरुरी हुन्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |